सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त

काठमाडौं ।  सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ । भिडन्तका कारण राजधानी खार्तुममा रहेको १८ तले ऐतिहासिक भवनमा आगलागी भएको छ । नाइल नदीको छेउमा रहेको प्रतिष्ठित ग्रेटर नाइल पेट्रोलियम आयल कम्पनीको टावरमा आगो लागेको हो ।

आगलागीमा घाइते भएका वा कसैले ज्यान गुमाएको बारेमा कुनै रिपोर्ट प्राप्त नभएको बीबीसीले जनाएको छ । गएको अप्रिलदेखि खार्तुम र अन्य सहरमा हवाई हमला र लडाइँ हुँदै आएको छ । त्यहाँ १० लाखभन्दा धेरै मानिस देश छोड्न बाध्य भएको राष्ट्रसंघले जनाएको छ । सुडानी सेना र अर्धसैनिर्क र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का नेताहरू बीचको शक्ति संघर्षबाट सुरु भएको लडाइँ हिँसात्मक बन्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर