भक्तपुरको दत्तात्रयमा उल्लासमय तीज पर्व (फोटो फिचर)

भक्तपुर । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज सोमबार अर्ष र उल्लासमय वाताारण मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको व्रत बसी मनाउने प्रचलन छ । अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको व्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।
यसै अवसरमा आज भक्तपुरको दत्तात्रय मन्दिरमा लागेको मेलाको फोटो फिचर । फोटोमा हिन्दु नारीहरू ब्रह्मा, विष्णु र महेश्वर त्रिदेवको प्रतीक मानिने भगवान दत्तात्रयको पूजाआराधना गर्न तल्लीन देखिन्छन् । उनीहरू आज निराहार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर