डाक्टरहरूको हडताल समाप्त

काठमाडौं । चिकित्सकको कुटपिटपछि आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ।

स्वास्थ्य मन्त्रालयमा सरकार र चिकित्सक संघबीच आइतबार भएको वार्तामा दोषीलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नेसहित ६ बुँदे सहमति भएको हो।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि मृतकका आफन्तले हातपात गरेका थिए। त्यसपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर