लिभरपुलले उल्भ्सलाई हरायो
काठमाडौं । इंलिस प्रिमियर लिगमा लिभरपुलले उल्भ्सलाई हराएको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी भयो ।
खेलमा अग्रता उल्भ्सले लिए पनि त्यसपछि लगातार गोल फर्काउँदै लिभरपुलले खेल जित्यो । सातौँ मिनेटमा हिचानले गोल गरेर उल्भ्सलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा ग्याक्पो र ८५ औँ मिनेटमा रोबटर्सनले गोल गरेर लिभरपुललाई जिततर्फ लगेका थिए ।
त्यसमाथि इन्जुरी समयको पहिलो मिनेटमा उल्भ्सका ह्युगोले आत्मघाती गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुल पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । उल्भ्स १५ औँ स्थानमा छ ।
प्रतिक्रिया