फिफा वेस्ट अवार्डका लागि १२ जनाको नाम सूचीमा

काठमाडौं ।  फिफा वेस्ट अवार्डको पुरुषतर्फको मनोनयन सार्वजनिक भएको छ । फूटबलको सर्वोच्च निकाय फिफाले हालै सार्वजनिक गरेको मनोनयन सूचीमा १२ खेलाडीको नाम छ ।

सूचीमा अर्जेन्टिना तथा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीदेखि लिएर नाइजेरिया तथा इटालियन क्लब नापोलीका स्ट्राइकर भिक्टर ओसिम्हेन पनि समेटिएका छन् । पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो तथा ब्राजिल तथा साउदीकै क्लब अल हिलाल नेयमार भने सूचीमा परेनन् ।

१. जुलियन अल्भारेज (अर्जेन्टिना म्यानचेस्टर सिटी)

२. मार्सेलो ब्रोजोभिच (क्रोएसिया इन्टर मिलान–अल नासर)

३. केभिन डे ब्रुयने (बेल्जियम म्यानचेस्टर सिटी)

४. एकाई गुन्डोगान (जर्मनी/ म्यानचेस्टर सिटी-बार्सिलोना)

५. अर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी)

६. रोड्री (स्पेन/म्यानचेस्टर सिटी)

७. ख्भिचा क्भारतास्खेलिया (जर्जिया/नापोली)

८. केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)

९. लियोनल मेसी (अर्जेन्टिना/फ्रान्स पेरिस सेन्ट जर्मेन–इन्टर मायमी)

१०. भिक्टर ओसिम्हेन (नाइजेरिया/नापोली)

११. डेक्लन राइस (इंग्ल्यान्ड/वेस्ट ह्याम–आर्सनल)

१२. बर्नार्डो सिल्भा (पोर्चुगल/म्यानचेस्टर सिटी) ।  

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् । उनले टोटेनहम तथा सेल्टिकका पूूर्वप्रशिक्षक एन्ज पोस्टेकोग्लूसहित अन्य तीनजना प्रशिक्षकसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै गोलकिपरतर्फ म्यानचेस्टर सिटीका इडर्सन मनोनयनमा परेका छन् भने म्यानचेस्टर युनाईटेडमा भर्खरै जोडिएका आन्द्रे ओनानासमेत समेटिएका छन् । द बेस्टमा राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर