म अझै २० वर्ष सक्रिय रहन्छु : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन् ।

अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे । भक्तपुरमा शनिबार आयोजित विद्यार्थीहरूसँगको अन्तरसंवाद उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने,  पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले व्यवहारबाट तोड्न चाहेको समेत बताए ।

उनी भन्छन्, ‘मेरा केही असफलताहरू छन् । मैले नेपाल विरुद्धको षड्यन्त्रलाई पराजित गर्न सकिराखेको छैन । तपाइँहरूले ती षड्यन्त्रहरुलाई पराजित गर्नुपर्दछ । र, नेपाललाई साँच्चैको सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैको स्वाधीन, आफ्नो भूगोलको बिलकुलै रक्षा गर्नसक्ने र राष्ट्रिय हीतको रक्षा गर्नसक्ने र राष्ट्रिय स्वाभिमानको झण्डामाथि उठाउन सक्ने हुनुपर्दछ । म तपाइँहरूसँग त्यो अपेक्षा गर्दछु । त्यसैले म आफूलाई अब्बल राजनीतिज्ञ त भन्न सक्दिन आफूलाई । यति चाहीँ हो–म इमानका साथ काम गर्छु । इमान्दार प्रयास गर्छु । देशलाई माया गर्छु, जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले आफ्नो बनाउनु हुन्न भन्ने मान्यता राख्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर