पोखरीमा डुबेर दुईजनाको मृत्यु

काठमाडौंं । मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । ग्रामथान गाउँपालिका–२ मा रहेको रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

उनका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान साढे ११ बजेतिर स्थानीयले फेला पारेका थिए । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको दाहालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर