ग्यास चुलो लिक हुँदा आमाछोरीको मृत्यु

काठमाडौं । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमाछोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुकबहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उनका नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।

खाना खाएर शुक्रबार राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुतिरहेको बिस्तारामा आगो सल्किँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर