राष्ट्रपति–प्रधानमन्त्रीबीच भेटघाट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको बताइएको छ । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज (शनिबार) साँझ न्यूयोर्क प्रस्थान गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर