युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० कार्यक्रममा उनले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए । उनले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको समेत बताए ।

आर्थिक वर्ष २०८०–८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसबाट सकारात्मक परिणाम निकाल्न युवा सहभागिता पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए ।

युवा जनसङ्ख्या उच्च रहेको वर्तमान समयमा जनसाङ्ख्यिक लाभांशको दृष्टिले विशिष्ट अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनसाङ्ख्यिक लाभांश नगुमाउँदै युवाको सर्वाङ्गीण विकासका निम्ति ध्यान केन्द्रित गर्नुपर्ने पनि बताए । राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिन्छ । जनगणना २०७८ अनुसार त्यस्ता युवाको जनसङ्ख्या एक करोड २४ लाख अर्थात् ४२ दशमलव ५६ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर