रुसको आर्थिक वृद्धिदर सुस्त हुने

काठमाडौं ।  रुसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तरार्द्धमा रुसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएकी छन् ।

लगातारको उच्च मुद्रास्फीति र कमजोर रुबलका बावजुद पनि रुसी अधिकारीहरूले युक्रेनसँगको युद्धलाई जोड दिएका छन् । तर यसबाट उत्पन्न आर्थिक प्रभावलाई बेवास्ता गरिएको समाचार संस्था एएफपीले जनाएको छ । केन्द्रीय बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएको छ ।

कमजोर रुबल र मुद्रास्फीतिको कारण देखाउँदै बैंकले आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्‍याएको घोषणा गरेको छ । रुसको केन्द्रीय बैंकले सन् २०२३ मा १ दशमलव ५ देखि २ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम शून्य दशमलव ५ देखि एक दशमलव ५ प्रतिशतमा झारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर