एकदिवसीय सिरिज : इंग्ल्यान्डले जित्यो

काठमाडौं ।  इंग्ल्यान्डले चौथो ओडीआई खेलमा न्युजिल्यान्डलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै सिरिज जितेको छ । इंग्ल्यान्डले चार खेलको सिरिज ३-१ ले जितेको हो । पछिल्लो खेलमा जितका लागि ३१२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८.२ ओभरमा २११ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले सर्वाधिक ६१ रनको योगदान दिए ।

हेनरी निकोलस ४१, विल योंग २४, डेभन कन्वे ७, डर्याल मिचेल ४, टम लाथम १३, ग्लेन फिलिप्स २५ र कायल जेमिसन १५ रनमा आउट भए ।इंग्ल्यान्डका मोईन अलीले ४ विकेट लिए । डेविड विल्ली, बायडन केस, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर