तीनकुनेको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौं । राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको छ । हत्या गरिएका मध्ये दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ ।

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा ७५ वर्षीया शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर