बङ्गलादेशले भारतलाई दियाे २ सय ६६ रनकाे लक्ष्य

काठमाडौं । एसिया कप क्रिकेटकाे सुपर फाेरकाे अन्तिम खेलमा बङ्गलादेशले भारतलाई २ सय ६६ रनकाे लक्ष्य दिएकाे छ ।

काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायाे । बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए । ताेहिद हृदाेयले ५४ र नसुन अहमदले ४४ रन बनाए । बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ र माेहम्मद शमीले २ विकेट लिए ।

याे ‘सुपर फाेर’ काे अन्तिम खेल हाे । एसिया कपकाे फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टाेलीकाे टुङ्गाे लागिसकेका कारण याे खेल धेरै महत्त्वकाे छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर