कमल थापाद्वारा जनआन्दोलनको तयारीमा रहेको उद्घोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित विरोधसभामा उनले आफूहरुको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको प्रस्ट पारे ।
उनले देशमा करिब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गरे ।

उनले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए ।

लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनीतिक दलहरुले नेपालमा सिन्डिकेट तन्त्र कायम गरिरहेको उनको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमसत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर