दोषीहरू पक्राउ परेपनि हेटौंडामा चिकित्सकहरूको हडताल

काठमाडौं । चिकित्सकमाथि भएको कुटपिट घटनाको विरोधमा हेटौँडा अस्पताललगायत स्वास्थ्य संस्थाहरू आकस्मिक बाहेकका सेवा शुक्रबार बिहानदेखि बन्द गरिएको छ ।

हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रबार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताए ।

डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका–१२ स्थित पदम पोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए । कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले मृतक श्रेष्ठका श्रीमती, छोरा, छोरी र भतिजालाई बिहीबार नै नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर