हिन्दु राष्ट्रको माग गर्दै आज प्रदर्शन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार दिउँसो १ बजे भद्रकालीबाट सुरु हुने प्रदर्शन भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर