पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

काठमाडौं ।  डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ। बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनलमा पक्का गरेको हो। अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ। कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।

डीएलएस मेथडअन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर