क्यानको अधिवेशन असोज ५ र ६ गते हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार प्रकाशित गरेको सूचनाअनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुनेछ ।

यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् । केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर