राजकीय सम्मानका साथ नेम्बाङको शवयात्रा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको शवयात्रा प्रारम्भ भएको छ । उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटतर्फ लगिएको हो ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । पार्थिव शरीरलाई महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाही(चावहिल–गौशाला हुँदै पशुपति आर्यघाटतर्फ लगिएको छ । नेम्बाङको अन्त्येटिका दिन सम्मानस्वरूप सरकारले आज बिहीबार सार्वजनिक बिदा दिएको छ । नेम्बाङको सोमबार राति १ः५० मा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर