मेयर बालेन साह सन् २०२३ मा उदयमान व्यक्ति

काठमाडौं । टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सन् २०२३ मा सय उदयमान व्यक्तिको सूचीमा समाविष्ट गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरिएको हो ।

म्यागेजिनले ३३ वर्षीय बालेनले स्वतन्त्र उमेदवार बनेर टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको उल्लेख गरेको छ । बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको समस्या समाधान गर्न जोड दिएको उल्लेख गरिएको छ । बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको पनि टाइम म्यागेजिनले जनएको छ । टाइम म्यागेजिनले काठमाडौं शहरका अवैध संरचना भत्काएको विषयको पनि प्रशंसा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर