दुग्ध व्यवसायीहरूलाई काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम गरेर मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको छ।

केही समयअघि महानगरले खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काममा रोक लगाएको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार यसरी दुग्धजन्य पदार्थ बेच्नु स्वास्थ्य मापदण्डविपरीत हो। यसैगरी महानगरले ३० दिनभित्र अनिवार्य पसल दर्ता गर्न पनि निर्देशन दिएको छ।

महानगरको बुधबारको सूचनामा भनिएको छ, ‘खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीहरूलाई खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ ले तोकेबमोजिम सजाय गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीहरूले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन सूचित गरिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर