सिद्धबाबालाई अदालतबाट दोस्रो पटक पनि सफाइ

काठमाडौं । आफ्ना एक अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बुधबार दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणि पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको हो । सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालत विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै मुद्दा फिर्ता पठाएको थियो । यो समेत जिल्ला अदालतले दोस्रो पटक उनलाई सफाइ दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर