लिबियामा आँधीबाट ३ हजारको मृत्यु, महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौंं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लिबियामा आँधीका कारण ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन्। गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराएका हुन्।

ड्यानियल आँधीका कारण भएको मानवीय र धनको क्षतिमा संघ दुःखी भएको प्रवक्ताले बताए। उनले आफूहरु लिबियालाई सहयोग गर्न तयार रहेको बताए। लिबियाको पूर्वी शहर डेरनामा आइतबार आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ३ हजार ६० पुगेको छ भने ५ हजार २ सय जना बेपत्ता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर