हिन्दु राष्ट्र र गौहत्या बन्द गर्नुपर्ने पक्षमा राप्रपाको प्रदर्शन

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आज बुधबार गौहत्या बन्द गर्न र नेपाललाई हिन्दु राष्ट्र घोषण गर्ने मागसहित प्रदर्शन गरेको छ । गौहत्या बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र महँगी नियन्त्रण गर्नुपर्ने माग प्रदर्शनकारीहरूको रहेको छ । प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा निकालिएको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले सम्बोधन गरेका थिए । उनले देशमा विद्यमान बेथिति नरोकिएसम्म राप्रपाले विरोध कार्यक्रम जारी राख्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर