स्पेनमा रुसी प्राकृतिक ग्यासको आयात दोब्बर

काठमाडौँ । रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ । स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रसारण कम्पनी एनागासले सेप्टेम्बर ८ मा आफ्नो पछिल्लो बुलेटिनमा रुसी ग्यास १९.७ प्रतिशत रहेको बताएको छ ।

गत वर्ष १०.९ प्रतिशत रहेको थियो । यस वर्षको गर्मी सुरु भएसँगै रुसी ग्यास आयात २७.६ प्रतिशत पुगेको थियो । जो जनवरी २०२२ मा रहेको ५.८ प्रतिशत भन्दा झन्डै ५ गुणाले बढी हो । रुससँग हस्ताक्षर गरेका सबै सम्झौता रुसले पालना गरिरहेका कारण इयुले रुसी ग्यास आयातमा प्रतिबन्ध लगाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर