भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । जुलाईमा भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको मङ्गलवार जारी तथ्यांक अनुसारको हो ।

प्रयोगमा आधारित वर्गीकरण अनुसार प्राथमिक वस्तुको परिसूचक १४१.७, पुँजीगत वस्तुमा १०१.६, मध्यवर्ती वस्तुको १५१.८ र पूर्वाधार तथा निर्माण सामग्रीको १६८.५ रहेको मन्त्रालयले जनाएको छ । साथै उपभोक्ता टिकाउ र उपभोक्ता गैर टिकाउ वस्तुहरूको सूचकांक क्रमशः ११८.१ र १५२.२ मा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर