स्वर्गीय नेम्बाङको पार्थिव शरीर घर लगियो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको पार्थिव शरिरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन बिष्टले जानकारी दिए । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

हृदयाघातका कारण सोमबार राति निधन भएका नेता नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरिर मङ्गलबार दिउँसोदेखि आज बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए । नेम्बाङको अन्त्येष्टि भोलि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर