असोज १ गते सन्दीपविरुद्ध मुद्दाको पेसी

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ।

यसअघि पनि जिल्ला अदालतले बसाइँ-सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो। उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर