धरानका उपमेयर बेघाको घरमा तोडफोड

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान १५ स्थित बेघाको घरमा तोडफोड हुँदा झ्यालको सीसा फुटेको छ ।

उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको परिवारको भनाई छ। उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको गुनासो गरेका छन्।

प्रहरी पुग्न ढिला गर्दा उक्त समूह फरार भएको थियो। सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर