मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई हरायो

काठमाडौँ । मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । गयराति घरेलु मैदानमा जर्मनीले पाहुना टोली फ्रान्समाथि २–१ गोल अन्तरको जित निकालेको हो । जर्मनीको जितमा थोमस मुलर र लोरियो सानेले एक एक गोल गरेका हुन् भने फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए । मुलरले चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

८७ औं मिनेटमा सानेले गोल गरेपछि जर्मनी २–० ले अगाडि बढेको थियो । तर, त्यसको २ मिनेटपछि नै ग्रिजम्यानले फ्रान्सका लागि पेनाल्टीमा १ गोल फर्काएपनि बराबरी गर्न पर्याप्त भएन । अर्काे खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जर्ज बेलिङघमले गोल गरेपछि इंग्ल्याण्डले अग्रता दोब्बर बनाएका थिए ।

६७ औं मिनेटमा हेरि मगुएरले आफ्नै पोस्टमा गोल गरेपछि स्कटल्याण्डले अग्रता घटाएको थियो । तर, ८१ औं मिनेटमा हेरि केनले इंग्ल्याण्डका लागि तेस्रो गोल गर्दै जित पक्का गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर