स्वर्गीय नेम्बाङको अन्त्येष्टि भोलि बिहीबार गरिने, पार्थिव शरीर आज घर लगिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको पार्थिव शरीर आज बुधबार घर लगिनेछ । श्रद्धाञ्जलीका लागि हिजो मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज बुधबार दिँसो १ बजेसम्म त्यहीँ राखेपछि घरमा लगिनेछ ।

राजधानीको बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृतिअनुसार अन्तिम श्रद्धाञ्जली दिइने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । घरमा लगेपछि किराँत संस्कृतिअनुसार गर्नुपर्ने कार्य गरिएपछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ । सरकारले स्वर्गीय नेम्बाङको अन्त्येष्टि गरिने दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर