नेम्बाङको जीवनसम्बन्धी कुनै चाल देखिएन : शिक्षण अस्पताल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको जनाएको छ  ।

चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै सङ्केत नदेखिएपछि आज (मङ्गलबार) बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले विज्ञप्ति जारी गदै नेम्बाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताए। नेम्बाङलाई परिवारका सदस्यहरूले उपचारका लागि सोमबार राति १ः५० बजे अस्पताल लगिएको थियो । विज्ञप्तिमा भनिएको छ, “चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो, उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर