मंगलबार ओरालो लाग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आइतबार र सोमबार बढेरको नेप्से आज मंगलबार भने दोहोरो अंकले घटेको हो ।

आज नेप्से १९.४२ अंकले घटेर एक हजार ९ सय ६७ दशमलब ५७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज एक अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार मंगलबार कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा थशुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१४.६० रुपैयाँ पुगेको छ । साथै आज सामलिङ पावर कम्पनी लिमिटेडको पनिे शेयरमूल्य ७.५८ प्रतिशतले बढेर प्रतिकित्ता ३५५ रुपैयाँ पुगेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल एसबिआइ बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर