श्रद्धाञ्जलीका लागि नेम्बाङको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय च्यासलमा

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले सम्मानका साथ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ लगेको हो । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । नेम्बाङको हिजो सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर