किम जोङ उन रुसको भ्रमणमा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन रुस पुगेका छन् । उनी उत्तर कोरियाबाट रातभर रेलयात्रा गर्दै रुस पुएको बीबीसीले जनाएको छ । किमले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ । किम चार वर्ष पछि रुस भ्रमणमा गएका हुन् । कोरोना महामारीपछि उनको यो पहिलो विदेश भ्रमण समेत हो । अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर