स्व. नेम्बाङ मेरा सुख, दुःखका साथी : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्बाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्ना लागि हितैषी मित्र र सुख दुःखको साथी थिए भन्दै लोकतान्त्रिक संविधान निर्माण गर्न उनले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गरे ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्बाङप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी’, अध्यक्ष ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर