रोनाल्डोबिना पोर्चुगलको जित

काठमाडौं ।  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रेको पोर्चुगलले लक्जेमबर्गमाथि फराकिलो जीत हात पारेको छ । रोनाल्डवबिनै मैदानमा उत्रेको पोर्चुगलले युरो छनोट अन्तर्गतको खेलमा लक्जेमबर्गलाई ९-० को फराकिलो अन्तरले हराएको हो । रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाएपछि यो खेल गुमाएका हुन् ।

पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे भने जोआओ फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे ।

यस्तै समूह ‘डी’ को खेलमा क्रोएसिया र वेल्सले जित निकालेका छन् । क्रोएसियाले अर्मेनियालाई १–० ले हराएको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रामारिकले निर्णायक गोल गरेका थिए । यता वेल्सले लातभियालाई २–० ले हराउँदै दोस्रो जित निकालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर