नेम्बाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको शव पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्बाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज मंगलबार बिहान ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने जानकारी दिए। श्रद्धाञ्जली दिँदै ज्ञवालीले भने, ‘यस निधनले नेपाली कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको छ। यो रिक्तता कहिल्यै पुरिने छैन।’

संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गएराति हृदयघातबाट निधन भएको हो। त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर