एमाले नेता सुवास नेम्बाङको हृदयाघातबाट निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको हृदयाघातका कारण सोमबार राति निधन भएको छ । नेम्बाङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सकले बिहान करिब २ बजे मृत घोषणा गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी नेम्बाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए । यसैगरी २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए । उनी प्रतिनिधिसभाको सभामुख र संविधानसभाको अध्यक्ष पनि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर