एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फामा आवद्ध ४९ सदस्य संघ तथा क्लबले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन्। सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएको बताएका छन्।

विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न उनीहरूले लेखेको निवेदनमा उल्लेख छ। ४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान उल्लेख छ। एन्फाले साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ। साधारण सभामा दुई तिहाइ मत पुगेको अवस्थामा मात्र बर्खास्त हुन सक्ने प्रावधान छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर