नेपाली विकेटकिपर आसिफ शेखविरुद्ध यौन दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेखविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । एक किशोरीले आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटीलगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक गरेकी हुन् ।

आइतबार साँझ एकाएक सामाजिक सञ्जालमा आसिफ शेखले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त कालीमाटी लगायतमा निवेदन दिन तयार पारिएको कागजात सार्वजनिक भएको हाे । तर निवेदनबारे आफूलाई त्यस कुनै जानकारी नभएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरहरी अधिकारीले बताए ।

पीडित भनिएकी किशोरीले आसिफसँग सोल्टीमोडको ह्यात प्लेस होटलमा इन्टर्न गर्ने क्रममा चिनजान भएको र पछि आसिफले आफूसँग यौन दुर्व्यवहार गरेको बताएकी छन् । आसिफले गौशालास्थित होटल शिवम प्यालेसमा लगेर ‘अनुचित सहवास’ गर्न खोजेको उनले आरोप लगाएकी छिन् । आसिफ नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर