यूएस ओपन टेनिस जोकोभिचले जिते

काठमाडौं । यूएस ओपन टेनिस पुरुषतर्फको उपाधि सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन्। रुसी खेलाडीड्यानियल मेदभेदेभलाई ६–३ ७–६ (५), ६–३ को जित निकाल्दै ३६ वर्षीय जोकोभिचले  सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको कीर्तिमान बराबरी गरेका छ्न्।

जोकोभिचले यो वर्ष दुई ग्रान्डस्लाम अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितेका थिए। विम्बल्डनको फाइनलमा भने उनी अल्काराजसँग पराजित भए।​ जोकोभिचले पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्।

स्पेनका रफायल नाडालले २३ पटक ग्रान्डस्लाम जितेका छन्।  सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमान अस्ट्रेलियाकी कोर्टको नाममा थियो। जोकोभिच करियरको ३६ औं ग्रान्डस्लाम फाइनल खेलेका हुन्।  उनी आफ्नो करियरमा एकै वर्ष चारै ग्रान्डस्लामको फाइनल पुगेको यो तेस्रो पटक हो। जोकोभिचको नाममा चार यूएस ओपन उपाधि पुग्यो।   पछिल्लो पटक उनी २०१८ मा च्याम्पियन बनेका थिए।

२७ वर्षीय मेदभेदेभको भने समग्रमा पाँचौं र न्यूयोर्कमा तेस्रो फाइनल खेलका हुन्।  सन् २०२१ मा उनले यूएस ओपनमा जोकोभिचलाई नै पराजित गरेर करियरको पहिलो ग्रान्डस्लाम जितेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर