क्रिकेटमा पूर्वाधार विकासका लागि अखिलको प्रदर्शन

काठमाडौं । अनेरास्ववियुले क्रिकेटको पूर्वाधार विकासमा सरकारले ध्यान नदिएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विश्वले चिनेको खेलाडीलाई नेपाल सरकारले चिन्न नसकेको र क्रिकेट पूर्वाधारको विकासमा कुनै चासो नदिएको अनेरास्ववियुको भनाइ छ ।

अखिलले आइतबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गर्दै कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने तयारी धेरै अघि भएतापनि अहिलेसम्म जडान भएको भन्दै आपत्ति जनाएका थिए । प्रदर्शनमा सहभागीहरूले खेलाडीलाई उचित व्यवस्था गर्नुपर्ने, खेलाडीको घोषित पुरस्कार वितरण गर, टियु मैदानमा फ्लड लाइट जडान गर जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर