नेप्सेमा १०.२३ अंकको सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ भने शुभम् पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्तँ १९४ रुपैयाँ पुगेको छ भने मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता १९५.५० रुपैयाँ पुगेको छ । आज हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर