मलंगवामा कर्फ्यु हटेपनि निषेधाज्ञा जारी

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु हटेको छ । कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा शुक्रबार दुई समुदायबीच झडप भएपछि लगाइएको थियो ।

स्थानीय प्रसासनले कर्फ्यु हटाएता पनि र निषेधाज्ञा भने जारी गरेको छ । शान्ति, सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट, बाबा पेट्रोल पम्म सीमा क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस गर्न नपाइने, बैठक वा प्रदर्शन वा पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आइतबार बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सर्ताहीले निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर