एसिया कप : भारत-पाकिस्तान खेल्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर–४ मा आइतबार भारतले पाकिस्तानसँग खेल्दैछ । दुई टोलीबीचको यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर २ मा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले खेलका लागि प्लेइङ–११ घोषणा गरेको छ । बंगलादेशविरुद्धको अन्तिम खेलमा खेलेको टोलीमा बाबर आजमले कुनै परिवर्तन गरेका छैनन् ।

पाकिस्तानको प्लेइङ–११ मा एकजना खेलाडी छन् जो पाँच वर्षपछि भारतविरुद्धको ओडीआई खेल्दैछन् । क्यान्डीमा भएको दुई टोलीबीचको खेलमा अलराउन्डर फहिम अशरफ टोलीमा थिएनन् । उनले बंगलादेशविरुद्धको सुपर–४ खेलमा मौका पाए र अब अर्को खेलमा पनि खेल्नेछन् । उनले सन् २०१८ पछि पहिलो पटक टीम इन्डियाविरुद्धको एकदिवसीय खेल खेल्नेछन्।  एसिया कपको खेलमा उनले ३१ रन बनाएर एक विकेट लिएका थिए ।

भारतविरुद्धको पाकिस्तानको प्लेइङ–११

बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम उल हक, आगा सलमान, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकिपर), फहीम अशरफ, नसीम शाह, शाहीन अफ्रिदी, हरिस रउफ।

पाकिस्तानले सुपर–४ मा एक खेल खेलेको छ । बुधबार लाहोरको गद्दाफी स्टेडियममा भएको खेलमा उसले बंगलादेशलाई पराजित गरेको हो । उसको नजर लगातार दोस्रो जितमा छ । योसँगै सुपर–४ मा भारतीय टोलीको यो पहिलो खेल हुनेछ ।

भारतः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद कृष्णा। ब्याकअप: सञ्जु सैमसन।

पाकिस्तानः फखर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), आगा सलमान, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ, फहीम अशरफ, मोहम्मद हरिस, मोहम्मद वसीम। जुनियर, अब्दुल्ला शफिक, उसामा मीर, साउद शकील।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर