दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं । अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा १२३ रनको शानदार जित दर्ता गरेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले दिएको ३९३ रनको लक्ष्य पच्छ्याएको दक्षिण अफ्रिकाले ४१.५ ओभरमा सवै विकेट गुमाएर २६९ रनमात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका ४ खेलाडी अर्धशतक नजिक पुगेर आउट भएका थिए । २ खेलाडी ४९ रनमा आउट हुँदा अरु दुई खेलाडी ४५ प्लसमा आउट भए । क्वीन्टन डि कक र टेम्बा बामुभाले ८१ रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए । तर, डीकक ४५ रन बनाएर आउट भएका थिए । बामुभा ४६ रन बनाएर पभेलियन फर्किए । यसैगरी हेनरकि कलासन र डेभिड मिलर दुवै खेलाडी ४९–४९ रन बनाएर आउट भए ।

दक्षिण अफ्रिकालाई रोक्ने क्रममा एडम जाम्पाले सर्वाधिक ४ विकेट लिँदा नाथन इलियस र आरोन हार्डिले दुई दुई विकेट लिए । पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३९२ रन बनाएको थियो । यस खेलमा अस्ट्रेलियाले नयाँ इतिहास बनाएको छ ।

अस्ट्रेलियाले १० ओभरमा १०० रन पुरा गरे इतिहास बनाएको हो । दक्षिण अफ्रिकाको भूमिमा एकदिवसीय खेलमा १० ओभरमा १०० रन बनाउने पहिलो टोली बनेको छ । अष्ट्रेलियाले १० ओभरमा विना विकेट गुमाएर १०२ रन बनाएको थियो । यस क्रममा डेभिड वार्नर र ट्राभिस हेडले उत्कृष्ट ब्याटिङ गरे ।

अस्ट्रेलियाका २ खेलाडीले शतक बनाउँदा अरु २ खेलाडीले अर्धशतक बनाएपछि स्कोरबोर्डमा विशाल योगफल तयार भएको हो । डेभिड वार्नरले शतक प्रहार गरेका थिए । ओपनिङ आएका वार्नरले पहिलो विकेटका लागि ट्राभिस हेडसँग मिलेर १०९ रन बनाएका थिए । हेड ६४ रन बनाएर आउट भए । त्यसपछि कप्तान मिचेल मार्स डकआउट भएका थिए । डेभिड वार्नर र मार्नस लावुसेनले शतकीय पारि खेले । वार्नरले ९३ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै व्यक्तिगत १०६ रन बनाए ।

यस्तै, मार्नस लावुसेनले पनि ९९ बलमा १२४ रनको शानदार शतकीय पारि खेलेर आउट भएका थिए । जोस इंग्लिसले ५० रनको अर्धशतकीय पारि खेल्दा  अस्ट्रेलियाका ताबरेज सम्सीले सर्वाधिक ४ विकेट लिँदा कागिसो राबडा, मार्कस जनसन र एन्डेयल फुलकायोले दुई दुई विकेट लिए । यो जितसँगै अस्ट्रेलियाले ५ खेलको एक दिवसीय सिरिजमा २–० को अग्रता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर