बंगलादेश एसिया कपबाट आउट

काठमाडौं । बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ । सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ । भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन् । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक एक खेल खेलेका छन् ।

प्रेमदासा स्टेडियम कोलम्बोमा आज भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारि खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडेका थिए । कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए ।

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८.१ ओभरमा सवै विकेट गुमाएर २३६ रनमात्रै बनायो । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्ष्णा र महिषा पथिरनाले तीत तीन विकेट लिए । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१रन जोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर