मलंगवामा आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू

काठमाडौं । कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि मलंगवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीका अनुसार सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको छ। अवस्था नियन्त्रणमा लिन आज दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। कर्फ्यू जारी गरेपछि अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताए।

विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

img20230909_16562305.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर